दसैँ, तिहार र छठलाई लक्षित गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा ५ गुणा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा दैनिक रकम जम्मा गर्ने सीमा वृद्धि गरेर ५० पुर्याइएको छ ।भुक्तानी प्रणाली विभागले आउँदै गरेका ठूला चाडपर्वहरुलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने दैनिक सीमामा अस्थायी रूपमा वृद्धि गरेको छ।
राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा जम्मा गर्न सकिने कारोबारको संख्यामा यो छुट दिइएको हो ।
साधारणतया भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन अनुसार वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो ।
तर, दशैंको अवसरमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र दीपावली तथा छठ पर्वको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्मका लागि यो सीमा बढाएर एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।
सबै भुक्तानी सेवा प्रदायक संस्थाहर्यलाई यो नयाँ व्यवस्थाबारे जानकारी गराइएको छ । तोकिएको अवधिमा भएका कुल कारोबार संख्या र रकमको विवरण राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई बुझाउन समेत निर्देशन दिइएको छ ।






















