citizens life insurance long ad
stcnepal long ad

म्याक्स टाइगरको ‘दशैं धमाका’: थप दुई उपभोक्ताले जिते स्कुटर र मोटरसाइकल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना भाग्यशाली उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन्।

कम्पनीका अनुसार पछिल्लो घोषणामा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जित्न सफल भएका हुन्।

यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले स्कुटर जितेका थिए। पछिल्ला दुई विजेता थपिएसँगै अभियानअन्तर्गत मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ।

चाडपर्व लक्षित यस योजनाअन्तर्गत कुल १८ वटा यामाहा मोटरसाइकल, १८ वटा यामाहा स्कुटर तथा बम्पर उपहारमा १ थान प्रोटोन कार जित्ने अवसर रहेको छ। हालसम्म ५ जना विजेता घोषणा भइसकेको र अझै ३१ वटा दुईपाङ्ग्रे सवारीसाधन तथा बम्पर उपहारको कार विजेता छानिन बाँकी रहेको कम्पनीले जनाएको छ।

IME Life
kumari