citizens life insurance long ad

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर पौडेल विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

रूपन्देही । बुटवल उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा नरिश्वर पौडेल विजयी भएका छन् । आफ्ना प्रतिद्वन्द्वी टङ्क गैरेलाई पराजित गर्दै पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित पौडेलले ८३३ मत प्राप्त गरी विजयी हुँदा उनको प्रतिद्वन्द्वी टङ्क गैरेले ६०१ मत प्राप्त गरे । अध्यक्षमा प्रत्याशी दुवै जना कांग्रेस निकट व्यवसायी हुन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । उनले ७२४ मत प्राप्त गर्दा उनका प्रत्याशी विमलराज भट्टराईले ६९८ मत प्राप्त गरे । विजयी सुरज एमालेका जिल्ला सदस्य हुन् भने विमल कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठले ७१२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी निर्मित कसजुले ६९३ मत प्राप्त गरे । वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी विजयी भएका छन् ।त्यसैगरी महासचिवमा वसन्तराज ढकालले ७१४ मत प्राप्त गरी विजयी भएका छन् ।

IME Life
kumari