ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमि नन्दन कर्माचार्य निर्वाचित
काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट नन्दन कर्माचार्य अध्यक्षमा निर्वाचित भएका छन् । सम्पन्न निर्वाचनमा उनले कर्माचार्यले ८६७ मत प्राप्त गर्दै अध्यक्षमा विजय भएका हुन् ।
निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा रूपकुमार शाक्य ५७१ मतसहित विजयी भएका छन् । यस्तै उद्योग तर्फको उपाध्यक्षमा ८७५ मत पाएर सजना श्रेष्ठ (नेम्कुल) विजयी भएकी छिन् ।
वाणिज्य तर्फको उपाध्यक्षमा ७९१ मत पाएर संजय अमात्य (श्रेष्ठ), संस्थागत उपाध्यक्षमा ७५८ मत पाएर सुविन बज्राचार्य विजयी भएका छन् । यस्तै महासचिवमा ९२४ मत पाएर मिलन शाक्य निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्षमा शर्मिला श्रेष्ठ जोशी ७१७ मत पाएर निर्वाचित भएकी छिन् । सदस्यमा अनिल महर्जन २७९ मत, गंगा महर्जन ३१० मत, दिनेशानन्द शाक्य २८७ मत, प्रविन बज्राचार्य ३२२ मत, रजना श्रेष्ठ जोशी २९४ मत र सुविन मान जोशी ३२७ मत प्राप्त गरी विजयी भएका छन्।
यस्तै अनिल बज्राचार्यले ५५६ मत, इच्छामान महर्जनले ४४६ मत, उपेन्द्र लाखेले ५३७ मत, प्रशम राज बज्राचार्यले ४६१ मत, महेश्वरलाल खोंसीले ४६४ मत, सानुमाया शाक्यले ४५० मत र सुरेश शाक्यले ४४२ मत प्राप्त गरी विजय हासिल गरेका छन्। रवि महर्जन भने निर्विरोध निर्वाचित भए ।
संघको विधानअनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उद्योग, वाणिज्य र संस्थागत क्षेत्रका उपाध्यक्ष एक–एक, महासचिव एक, कोषाध्यक्ष एक तथा विभिन्न क्षेत्रबाट १५ जना कार्यसमिति सदस्य चयन गर्ने व्यवस्था छ। कार्यसमिति सदस्यमा उद्योग क्षेत्रबाट छ, वाणिज्य क्षेत्रबाट सात, संस्थागत क्षेत्रबाट एक र एशोसियट क्षेत्रबाट एक जना चयन हुने व्यवस्था रहेको छ।





















