stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दुबईमा अलपत्र परेका दुई सय ६२ नेपाली उद्दार उडान मार्फत आज स्वदेश फर्किए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्दार उडान मार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौं ल्याएको हो ।

दुबईबाट नेपाली लिएर फर्किएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । निगमको जहाजले दुबईबाट २६२ यात्रु र दुई बच्चा काठमाडौँ ल्याएको निगमका अपरेशनल विभागले जानकारी दिएको हो ।

उक्त जहाजले काठमाडौंबाट दुईब उडानमा १६४ यात्रु र एक बच्चा लगेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो ।

निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टाइनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो । निगमको वाइड बडी जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको थियो ।

उडानका लागि दुबई एयरपोर्टमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए । उक्त दिन दुबईबाट काठमाडौँ उडानका लागि टिकट लिइसकेका यात्रुलाई आज काठमाडौं ल्याइएको हो । हालैको मन्त्रिपरिषद् वैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार आज विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन तथा कार्गोका लागि आगमन र प्रस्थान दुबै गरी चार अन्तर्राष्ट्रिय उडान भएका छन् ।

नेपाल एयरलाइन्सले दुबईबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको छ भने हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ । हिमालयका दुबै जहाज आज राति गन्तब्य तर्फ उड्ने विमानस्थलले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari