stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला अधिकारीहरूबाट निषेधाज्ञा आदेश जारी कार्यान्वयन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड- १९ को संक्रमण नेपालमा समेत दिन प्रतिदिन बढ्दै गएको छ । कोभिड-१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएको निर्णय, गृह मन्त्रालयको निर्देशन तथा जिल्ला भित्र कोभिड-१९ को संक्रमण जोखिमको मुल्यांकन, विश्लेषण समेतको आधारमा थप जोखिम बढ्न नदिन संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला सहित ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट निषेधाज्ञा आदेश जारी भई समन्वयात्मक रूपमा कार्यान्वयन भईरहेको छ ।
कोभिड-१९ को संक्रमण जोखिम कम गर्ने सम्बन्धमा भएका निर्णय र निर्देशनहरु कार्यान्वयनको प्रभावकारिताका लागि ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजनमा संयुक्त अनुगमन टोली परिचालन हुने व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएकाे छ ।
उद्धार उडानबाट स्वदेश आउने व्यक्तिहरूलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानमा राख्ने क्वारेन्टाइन निर्माण, सञ्चालन तथा व्यवस्थापनको प्रक्रिया शुरु भएको छ । यसैगरी छिमेकी मुलुकको दक्षिण सिमामा तोकिएका प्रवेश विन्दुबाट आवागमनको अभिलेख राखी व्यवस्थापन गर्ने कार्य भईरहेको छ ।
साथै अत्यावश्यक सेवासँग सम्बन्धित पेशा/व्यवसाय सञ्चालन गर्दा मास्क लगाउने, न्यूनतम सामाजिक दुरीको पालना गर्ने/गराउने जस्ता जनस्वास्थ्यका मापदण्ड, प्रोटोकलहरू पालना भए नभएको सम्बन्धमा निरन्तर अनुगमन भईरहेको छ।
हालसम्म मास्क प्रयोग नगरी हिड्ने ४,६४,२१६ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई सो मध्य ३,९०,५४५ जनालाई सम्झाई बुझाई छाडिएको, ४२,०६५ जनालाई मास्क वितरण गरी सम्झाई बुझाई पठाइएको र ३१,६०६ जनालाई जरिवाना गरी छाडिएको छ ।
हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ८,६२१ वटा सवारी साधन तथा अनुमति विना उपत्यका प्रवेश गर्न खोज्ने २०,८७६ जना यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयले जनाएकाे छ ।
देशका केही स्थानहरुमा कोभिड-१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफुलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवक प्रति केही उच्छृंखल व्यक्तिहरुबाट दुर्व्यवहार तथा अपमानित हुने क्रियाकलाप गरेको बुझिएकोले त्यस्ता कार्य हुन/गर्न नदिन तथा संलग्न हुनेहरु उपर तत्काल कानून बमोजिम कारवाही हुन मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको छ ।
कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा सम्बन्धित सवैबाट निरन्तर सहयोगको लागि गृह मन्त्रालयका सहसचिव चक्र बहादुर बुढाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
prabhu mahalaxmi
kumari