citizens life insurance long ad

एनआईसी एशिया बैंक र लक्ष्मी प्रिमियम मोटर्सबीच सम्झौता

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंक र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंकका ग्राहक महानुभावहरूलाई बीएमडब्लु ब्राण्ड अन्तर्गतका विभिन्न प्रकारका सवारी साधनहरू खरिदमा सहुलियतपूर्ण आकर्षक ब्याजदर सहित अन्य विशेष सेवा तथा सुविधाहरु प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित केसी र लक्ष्मी प्रिमियम मोटर्स प्रालिका तर्फबाट डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरे ।

समझदारी पश्चात यस बैंकका ग्राहकहरुले नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा उक्त कम्पनीले बेच्दै आएका बीएमडब्लु ब्राण्डका सबैं प्रकारका गाडी खरिद गर्दा परिवर्तनीय ब्याज दर सुविधा लिन चाहने ग्राहकहरुले औसत आधार दरमा थप १ प्रतिशत ब्याज सुविधामा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, स्थिर ब्याजदरको सुविधा लिन चाहने ग्राहकका लागि भने ७ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदर सुविधामा कर्जा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, अन्य सुविधाहरुमा प्रशासनिक सेवा शुल्कमा २५ बेसिस पोइन्ट छुट प्राप्त गर्न सक्नेछन् भने छिटो र छरितो रुपमा कर्जा उपलब्ध गराउने ब्यवस्था बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari