citizens life insurance long ad

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

बुटवल । युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै आयोजना गरिएको पल्सर आरपीएम बुटवल सफलतापूर्वक सम्पन्न भएको छ । बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब २,५०० जनाको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

पल्सर आरपीएम बुटवलमा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी तथा डिजे प्रस्तुतिसहित सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि र प्रस्तुति रहेका थिए । पल्सर एन१६० मार्फत प्रस्तुत गरिएको स्टन्ट प्रदर्शनले कार्यक्रमको ऊर्जा थप बढाएको थियो भने स्थानीय कलाकार, राइडर तथा विभिन्न विधाका प्रतिभाको सहभागिताले कार्यक्रमलाई स्थानीय परिवेशसँग जोडेको थियो ।

कार्यक्रममा स्थानीय डिजे पिज्जा र डिजे नकआउटको प्रस्तुति समेत रहेको थियो । साथै, पल्सर एन१६० र एनएस२०० का डिस्प्ले तथा टेस्ट राइड जोनले सहभागीलाई मोटरसाइकललाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गरेको थियो । कफी, खानाका परिकार तथा गिफ्ट पप-अप स्टलहरूले कार्यक्रमलाई थप अन्तरक्रियात्मक बनाएका थिए ।

पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभा र युवा समुदायलाई आफ्नो सीप, रुचि र सृजनशीलता प्रस्तुत गर्ने मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो । काठमाडौँबाट सुरु भएको पल्सर आरपीएम बुटवलसम्म विस्तार हुँदै स्थानीय युवा समुदाय र सडक संस्कृतिसँग थप नजिकिएको छ।

कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने कलाकार, राइडर, डिजे, साझेदार, सञ्चारमाध्यम, आयोजक टोली, विक्रेता तथा कार्यक्रममा सहभागी सम्पूर्णलाई बजाज पल्सरले धन्यवाद व्यक्त गरेको छ।

काठमाडौँबाट सुरु भएको यात्रा बुटवलसम्म आइपुगेको छ । अब पल्सर आरपीएमको यात्रा नयाँ शहर र नयाँ समुदायसँग जोडिँदै अघि बढ्नेछ ।

IME Lifesidebar
kumari