citizens life insurance long ad

सशस्त्र एआईजी बंशीप्रसाद दाहाल निलम्बित

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीप्रसाद दाहाल निलम्बन गरेको छ । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा दाहाललाई निलम्बन गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै दाहाललाई निलम्बन गरी उहाँमाथि लागेको अभियोगको जाँचबुझका लागि अधिकृतसमेत तोकिएको छ। एआजी दाहाललाई आरोपका सम्बन्धमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आदेश दिइएको छ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेले दाहालमाथि कारबाहीका लागि सिफारिस प्राप्त भएपछि असोज १९ गतेको मन्त्रिस्तरीय निर्णयानुसार उक्त कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हरेक सशस्त्र प्रहरी कर्मचारीले सेवा र पदअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था छ। सो विपरीत कार्य गरेको भनी प्राप्त सिफारिसका आधारमा जाँचबुझ अधिकृत तोकी निलम्बन गरिएको हो।’

गृह मन्त्रालयले मातहतका निजामती तथा सुरक्षा निकायका कर्मचारीहरूबाट हुने पदीय आचरणविपरीतका कार्य, गोप्य सूचना चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी र विश्लेषण भइरहेको जनाएको छ।

कानुन विपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धतासमेत मन्त्रालयले व्यक्त गरेको जनाएको छ।

IME Lifesidebar
kumari