citizens life insurance long ad

इन्जिनियर सचिन्द्र यादवविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्चमा

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार यादवविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यादवविरुद्ध अख्तियारले ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बिगो कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।

अख्तियारका अनुसार यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी लुकाएको तथा उनकी श्रीमती आशा कुमारी यादवको नाममा समेत घरजग्गा खरिद गरेको देखिएको थियो ।

सोही आधारमा यादवलाई कैद तथा बिगो बमोजिम जरिवाना र गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गर्दै आरोपपत्र दायर गरिएको थियो। उनकी श्रीमती आशा कुमारी यादवलाई भने सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ ।

विशेष अदालतले २०८२ चैत ८ गते गरेको फैसलाबाट यादवकी श्रीमती आशा कुमारी यादवलाई सफाइ दिएको थियो । उक्त फैसलाप्रति चित्त नबुझेपछि अख्तियारले २०८३ असोज १६ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको जानकारी दिइएको छ ।

IME Lifesidebar
kumari