citizens life insurance long ad

एबीपी इनर्जीले आईपीओ निष्कासन गर्ने

बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । जलविद्युत् आयोजना विकास गर्दै आएको एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ। आईपीओ निष्कासन तथा व्यवस्थापनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

आईपीओ निष्कासन सम्बन्धी सम्झौता २०८३ असोज ९ गते भएको हो। सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार कम्पनीको प्रस्तावित आईपीओ निष्कासन तथा व्यवस्थापनसम्बन्धी प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था तथा सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिअनुसार अघि बढाइनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटलले काम गर्नेछ।

एबीपी इनर्जीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। तादी खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने उक्त आयोजना नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिको हो।

कम्पनीका अनुसार आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ५० लाख रुपैयाँ रहेको छ। आयोजनाबाट २०८४ वैशाख मसान्तसम्ममा व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

कुल १ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिद्धार्थ बैंकले १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता गरिसकेको छ। हाल आयोजनाको भौतिक प्रगति ६० प्रतिशतभन्दा बढी पुगेको कम्पनीले जनाएको छ।

कम्पनीको सञ्चालक समूहमा जलविद्युत् क्षेत्रमा लामो अनुभव भएका पूर्णलाल श्रेष्ठ र बलराम खतीवडाका साथै नेपाली प्राविधिक उद्यमी तथा एफवान सफ्ट इन्टरनेसनल र इसेवाका संस्थापक अजगर अली रहेका छन्।

IME Lifesidebar
kumari