बजारमा आज सुन चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला सुन ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४७ सय ९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ७७५ रुपैयाँमा किनबेच भएको थियो।





















