आइएमई लाइफ इन्स्योरेन्सले भदौमा ३ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गर्यो
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको भदौमा ३ करोड रुपैयाँ बढीको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले कात्तिकमा १११ वटा दाबीको भुक्तानी गरेको हो।
जसअनुसार कम्पनीले ती दाबीको ३ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ। भदौको कुल दाबी भुक्तानीमा म्यादी बीमाको हिस्सा धेरै रहेको छ। यो बीमाको कम्पनीले १०१ वटा दाबीको १ करोड ८९ लाख २९ हजार ५८१ रुपैयाँ भुक्तानी गरेको छ।
यसैगरी परम्परागत बीमाको ७ वटा दाबीको कम्पनीले १ करोड १३ लाख ४० हजार ५४४ रुपैयाँ भुक्तानी गरेको छ। कम्पनी वैदेशीक रोजगारको ४ वटा दाबीको २१ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ।





















