नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्यायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ। आजदेखि राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने भएको हो ।

साविककै आकार, रङ्ग र ढाँचा कायम राखिएको यस नयाँ नोटको सङ्केत नम्बर टर२४ ०००००१ देखि णर७० ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार यस नयाँ नोटको अग्र भागको मध्य खण्डमा नेपाल सरकारको जमानत प्राप्त भुक्तानी सम्बन्धी प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छापका साथै त्यसको मुनि“NRB” अङ्कित गरिएको छ। तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०८२” र गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

नोटमा १.२ मि।मी। चौडा भएको सुरक्षण धागोलाई प्रकाशतर्फ फर्काएर हेर्दा स्पष्ट रूपमा “ल्च्द्य” लेखिएको देख्न सकिन्छ।नोटको पृष्ठ भागको मध्य खण्डमा हिउँ चितुवाको चित्र र सोको माथि अङ्ग्रेजीमा“NEPAL RASTRA BANK” लेखिएको छ। पृष्ठ भागको तल्लो खण्डमा अङ्ग्रेजीमा “RUPEES FIFTY” र सिरिज नम्बर “2025 A.D.” उल्लेख गरिएको छ।

IME Lifesidebar
kumari