गुडविल फाइनान्सको सञ्चालकमा अमित स्थापित नियुक्त
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको सञ्चालकमा अमित स्थापित नियुक्त भएका छन् । फाइनान्स कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराउँदै भदौ ३० गते बसेको सञ्चालक समितिको ४६४औँ बैठकले स्थापितलाई सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको जनाएको हो ।
काठमाडौं महानगरपालिका–२४, मखनटोल निवासी ४७ वर्षीय अमित स्थापित लाई प्रचलित कानुनबमोजिम तोकिएको अवधिका लागि सञ्चालक पदमा नियुक्त गरिएको फाइनान्स कम्पनीले जनाएको छ । गुडविल फाइनान्स नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था हो ।























