stcnepal long ad
global ime bank long

अतिरिक्त एलपी ग्यास सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल आयल निगमले आत्तिएर अतिरिक्त एलपी ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

निगमले अतिरिक्त सिलिन्डर खरिद गर्दा अर्को व्यक्तिलाई आवश्यक परेको ग्यास नपुग्न सक्ने भन्दै आवश्यकता अनुसार मात्र एलपी ग्यास खरिद गर्न अनुरोध गरेको हो ।

निगमले गत वर्षका तीन महिना र चालु वर्षका तीन महिनामा बिक्री भएको एलपी ग्यासको तुलनात्मक विवरणसमेत सार्वजनिक गरेको छ ।

विवरण अनुसार २०८२ आषाढमा ३३ लाख ७५ हजार ५९५ सिलिन्डर बिक्री भएकोमा २०८३ आषाढमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर बिक्री भएको छ ।

त्यस्तै, २०८२ श्रावणमा ३१ लाख २१ हजार ४८ सिलिन्डर बिक्री भएकोमा २०८३ श्रावणमा ४० लाख ३६ हजार ३६४ सिलिन्डर बिक्री भएको निगमले जनाएको छ ।

२०८२ भाद्रमा ३३ लाख ५५ हजार ९६० सिलिन्डर बिक्री भएको थियो । चालु वर्ष २०८३ भाद्र २७ गतेसम्म ३७ लाख १३ हजार ८९४ सिलिन्डर बिक्री भएको निगमको तथ्याङ्क छ ।

दैनिक रूपमा आपूर्ति अवस्थाबारे जानकारी गराउने

निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउन निरन्तर सक्रिय रहेको जनाएको छ । साथै, आपूर्ति तथा बजार  अवस्थाबारे  अद्यावधिक सूचना दैनिक रूपमा जानकारी गराउँदै जाने प्रतिबद्धता जनाएको छ । निगमले उपभोक्ताको धैर्य, सहयोग र समझदारीका लागि धन्यवाद समेत दिएको छ ।

IME Lifesidebar
kumari