रसुवा बाढी पीडितको सहयोगका लागि हिमालयन बैंकद्वारा ३ करोड १ लाख रुपैयाँ सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

गत भदौ १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको गेग्रान सहितको बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बासिन्दाहरूलाई ठूलो क्षति पुर्‍याएको थियो । उक्त प्राकृतिक विपद्बाट प्रभावित भएकाहरूको सहायताका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सो रकम प्रदान गर्ने निर्णय गरेको हो।

बैंकले उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवीप्रकोप सहायता कोष’ मा जम्मा गर्ने बैंकद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । अप्रत्याशित बाढीका कारण भएको जनधनको क्षतिले बैंक परिवारलाई अत्यन्तै मर्माहित बनाएको भन्दै बैंकले दुःखद घडीमा प्रभावित सबैलाई धैर्य धारण गर्न आग्रह गरेको छ।

बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार, बैंकले यस संकटको समयमा प्रभावित समुदायको साथमा रहँदै उद्धार र राहत कार्यमा ऐक्यबद्धता जनाएको छ।

बैंकले आगामी दिनमा पनि प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आवश्यक पर्ने थप सहयोग र समन्वयका लागि आफू तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ।

IME Lifesidebar
kumari