stcnepal long ad
global ime bank long

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग-शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

पाँच वर्षे समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माताबीच समन्वयात्मक वातावरण निर्माण गर्दै उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन क्षमता अभिवृद्धि  तथा  संस्थागत  उत्कृष्टताका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गर्ने, संयुक्त कार्यक्रममा सहभागिता बढाउने, व्यावसायिक वातावरणसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने तथा बागमती विश्वविद्यालयका विद्यार्थीका लागि इन्टर्नसिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहयोग गर्नेछ ।

त्यसैगरी, बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप तथा नवप्रवर्तनका लागि परामर्श र मार्गदर्शन प्रदान गर्ने, उद्योग शिक्षा सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा सेमिनार, नीति संवाद र सम्मेलन आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आवश्यकताअनुरूप विश्वविद्यालयले परम्परागत शिक्षा प्रणालीभन्दा बाहिर निस्किएर उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले विश्वविद्यालयले शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यावहारिक रूपमा जोड्ने अवधारणाअनुसार अघि बढिरहेको बताए । समझदारी पत्रमा हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू रहनेछ ।

IME Lifesidebar
kumari