घरबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने
‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सार्वजनिक
काठमाडौं । नेपालको उत्कृष्ट बैंककका रूपमा परिचित ‘ग्लोबल आइएमई बैंक लिमिटेड’ले अब बैंकमा खाता खोल्न कार्यालय नै धाउनुपर्ने बाध्यता हटाएको छ।
ग्लोबल आइएमई बैंकले युवा लक्षित ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्याउँदै घरबाटै डिजिटल रूपमा खाता खोल्ने सुविधा सुरू गरेको छ । नयाँ प्रविधि मैत्री नवयुवा समुदायलाई लक्षित गरि ग्लोबल नेक्स्ट जेन अकाउन्ट सेवा सुरू गरेको हो।
राष्ट्रिय परिचयपत्र वा राहदानी भएका व्यक्तिहरुले ग्लोबल बैंकमा उपस्थित नभई अनलाइनमार्फत नै खाता खोल्न सक्नेछन्। आवेदन दिएलगत्तै खाता सञ्चालनमा आउनेछ भने घरबाटै मोबाइल बैंकिङ सेवा पनि सञ्चालन गर्न सकिने सो बैंकले जनाएको छ ।
जिरो ब्यालेन्समा खोल्न सकिने यस खातामा आकर्षक ब्याजदरका साथै पहिलो वर्ष मोबाईल बैंकिङ पूर्ण रूपमा निःशुल्क गरिएको छ।
डिजिटल बैंकिङलाई सहज, छिटो र झन्झटमुक्त बनाउने उद्देश्यले यो सेवा विशेषगरी नवयुवा पुस्तालाई लक्षित गरी ल्याइएको ग्लोबल बैंकले जानकारी दिएको छ ।





















