stcnepal long ad
global ime bank long

करदाता प्रोत्साहनमा सहजीकरण गर्न निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । औपचारिक बिलबीजक लिएर कर तिरेका करदातालाई दैनिक लखपति बनाउने सरकारको योजना कार्यान्वयनमा सहजीकरण गर्न नेपाल राष्ट्र बैङ्कले सरोकारवाला संस्थालाई सहजीकरण गर्न निर्देशन दिएको छ ।

आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त सबै संस्थालाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो ।

कार्यक्रम सञ्चालनका लागि आवश्यक सूचना, तथ्याङ्क तथा प्राविधिक व्यवस्था सम्बन्धित भुक्तानी सेवाप्रदायक (पिएसपी) र भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) ले आफ्ना प्रणालीमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रमा उल्लेख छ ।

राष्ट्र बैङ्कले विभागसँग आवश्यक समन्वय गर्दै कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउन तथा विभागले निर्धारण गरेका विवरण भुक्तानी प्रणालीमा समेट्न आग्रह गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३ साउन २१ गतेदेखि सञ्चालनमा आउने भएकाले सबै भुक्तानी सेवाप्रदायक संस्थाले त्यस सम्बन्धी जानकारी ग्राहकलाई एसएमएस, मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ ।

IME Lifesidebar
kumari