धितोपत्र बोर्डको पाइपलाइनमा माछापुच्छ्रे ग्रोथ फन्ड, रु १ अर्बको इकाइ ल्याउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा माछापुच्छ्रे ग्रोथ फन्ड थपिएको छ। योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलले यो योजना जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो।
धितोपत्र बोर्डले अनुमतिमा दिएमा यस योजनाको कुल १ अर्ब रुपैयाँबराबरको इकाइको सार्वजनिक निष्कासन हुनेछ। जसअनुसार क्यापिटलले यस योजनाको १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाइ जारी गर्नेछ। यस योजनाको कोष प्रवर्द्धकमा माछापुच्छ्रे बैंक रहेको छ।

























