stcnepal long ad
ime life insurance
national life
global ime bank long

कर्मचारी सञ्चय कोषले सार्वजनिक गर्‍यो नयाँ आर्थिक वर्षका लागि ब्याजदर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८३/८४ का लागि लागू हुने बचत तथा कर्जासम्बन्धी नयाँ वार्षिक ब्याजदर सार्वजनिक गरेको छ। कोषका अनुसार नयाँ ब्याजदर आजदेखि लागू हुनेछ।

कोषले सार्वजनिक गरेको सूचनाअनुसार सञ्चय कोष र निवृत्तिभरण कोषमा प्रदान गरिने वार्षिक ब्याजदर समान रूपमा ३.७५ प्रतिशत कायम गरिएको छ।

त्यसैगरी, सञ्चयकर्ताले लिने विभिन्न प्रकारका सापटी (कर्जा) मा ब्याजदर पनि निर्धारण गरिएको छ। विशेष सापटीमा ५.३५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी तथा सवारी साधन सापटीमा ६.६० प्रतिशत ब्याज लाग्नेछ। यस्तै, सरल सापटी र जग्गा खरिद सापटीका लागि ६.८५ प्रतिशत वार्षिक ब्याजदर तोकिएको कोषले जनाएको छ।

कोषले विशेष सापटीबाहेक धितोमा आधारित सापटी लिएका सञ्चयकर्ताले कर्जाको ब्याज नियमित रूपमा भुक्तानी गरेमा ०.२५ प्रतिशत ‘रिबेट’ (छुट) प्रदान गर्ने व्यवस्था पनि यथावत् राखेको जनाएको छ।

IME Lifesidebar
kumari