सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा, ५० लाखसम्म कर्जा पाइने
काठमाडौं । सिद्धार्थ बैंकले नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यले यो सुविधा ल्याइएको हो ।
यस सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहनाहरू धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाखसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् भने धितो सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म बैंकद्वारा कर्जा प्रवाह गरिने भएको छ ।
यस सुविधामार्फत ग्राहकहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकहरूलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सुविधा हालका लागि सिद्धार्थ बैङ्कको काठमाडौं स्थित न्यूरोड गेट शाखाबाट उपलब्ध गराइएको बैंकले जनाएको छ ।

























