stcnepal long ad
global ime bank long

“करणी उद्योग कार्यमा सुरक्षा गार्ड पक्राउ”

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ बिष्णुमतीमा रहेको हाम्रो फेलोसिप पुनः स्थापना केन्द्रमा रहेका सुरक्षा गार्डले उपचारार्थ रहेका महिलालाई करणी उद्योग गर्ने गरेको भन्ने यस महाशाखामा गोप्य सूचना प्राप्त भए पश्चात आवश्यक अनुसन्धान एवं सोधपुछको लागी महानगरीय अपराध महाशाखाबाट २०७६ माघ २४ गते उक्त स्थानमा प्रहरी टोली खटिगई बुझ्दा उक्त केन्द्रमा उपचारार्थ रहेकी पिडित महिला नाम परिवर्तित अपराध महाशाखा (६) ले आफुलाई केन्द्रको सुरक्षागार्ड लगायत ब्यबस्थापन समेतको काम गर्ने जिल्ला नुवाकोट बेलकोटगढी न.पा. वडा नं. १२ का बिशाल भन्ने रमेश प्रसाद वाग्लेले बिभिन्न बहाना बनाई, एकान्तमा बोलाई सम्झाउने बहानाले निजलाई अश्लिल हर्कत, संबेदनशिल अंगहरु समेतमा समाई पिडित बनाउदै आएको भनी बताएकोमा ऐ.ऐ. स्थान भएका बिशाल भन्ने रमेश प्रसाद वाग्लेलाई नियन्त्रणमा लिई करणी उद्योग गर्ने मुद्धामा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी २०७६ माघ २६ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको, अ.अ. जारी रहेको ।

IME Lifesidebar
kumari