stcnepal long ad
ime life insurance
global ime bank long

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार घिमिरेको उनकै निवासमा आज साँझ ५ः५५ बजे निधन भएको हो।

नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।

नव मञ्जरी, गौरी ( शोककाव्य) , मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि ( गीतिनाटक), उनले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर( किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उनका चर्चित लेखहरु हुन् ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।

 

prabhu mahalaxmi
kumari