stcnepal long ad
ime life insurance
global ime bank long

विश्व एआई सम्मेलन २०२६ चीनमा हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

चीनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्वव्यापी (ग्लोबल एआई गभर्नेन्स) सम्बन्धि उच्च–स्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बताएका छन्।

चीनले यस सम्मेलनलाई सबै पक्षहरूसँग एआइ सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ पार्ने अवसरको रूपमा लिन उत्सुक रहेको राष्ट्रिय विकास र सुधार आयोगका उप–प्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा बताएका छन्।

एआईले मानवको भविष्यमा ठुलो असर पार्ने बताउँदै यो सबै देशहरूले सामना गर्ने साझा सवाल भएको झोउले बताएका छन्। चीनले बहुपक्षवाद, खुलापन र समावेशीकरणको सिद्धान्तलाई समर्थन गर्दै एआइको युगमा विश्वव्यापी विकासमा आधुनिक चिनियाँ समाधानहरूसहित उल्लेख्य योगदान पुर्याएको जनाइएको छ।

चीनले विकास तथा सुरक्षा प्रयासहरू समन्वय गर्ने र बहुपक्षवादलाई सक्रिय रूपमा अभ्यास गर्नेछ, र जन–केन्द्रित एआइ पनि विकास गर्ने सिद्धान्तलाई समर्थन गर्ने जनाइएको छ ।

prabhu mahalaxmi
kumari