citizens life insurance long ad
stcnepal long ad

एसईई नतिजा सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत चैत्र ६ गतेदेखि तोकिएको परिक्षा हुन नसकेको कक्षा १० अर्थात एसईईको नतिजा आज सार्वजनिक भएको छ । करिब पाँच लाख विद्यार्थीहरुलाई सरकारले लिखित परिक्षा नलिई पहिलो पटक कक्षामा गरिएको मूल्याङ्कन प्रतिवेदनको आधारमा नतिजा सार्वजनिक गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा  (एसईई)को नतिजा सार्वजनिक गरेको जनाएको छ । सोमबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

नतिजा नेपाल टेलिकमको वेभसाईट र परिक्षा बोर्डकै वेभसाईटमा हेर्न सकिने छ ।

निर्धारित परिक्षा स्थागित भई पुनः परिक्षा सञ्चालन गर्ने अवस्था नभएपछि सरकारले विद्यालयले गर्ने आन्तरिक मूल्यांकनलाई नै आधिकारिता दिने निर्णय गरेको थियो ।

हरेक विद्यालयले जिल्ला समन्वय ईकाई मार्फत विद्यार्थीको नतिजा बोर्डमा पठाएकोमा सोही विद्यालयको प्रतिवेदनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

IME Life
kumari