stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन्स बैंकको ‘१ खाता, १ रुख’ अभियान : विश्व वातावरण दिवसमा देशभर १,५०० बिरुवा रोपियो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ‘१ खाता, १ रुख’ अभियानअन्तर्गत देशव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत वृक्षारोपण अभियान सञ्चालन गरेको हो।

बैंकले शनिबार बुढानीलकण्ठ नगरपालिका–१ स्थित चौकीडाँडा पर्यटकीय पार्कमा बृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरी करिब २५० विभिन्न प्रजातिका बिरुवा रोपेको छ।

यससँगै देशका अन्य प्रदेशहरूमा पनि वृक्षारोपण अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ। कोशी प्रदेशमा २००, मधेशमा २५०, गण्डकीमा २००, लुम्बिनीमा २००, कर्णालीमा २०० र सुदूरपश्चिममा २०० गरी देशभर कुल १,५०० वटा बिरुवा रोपिएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामा, बैंकका उच्च व्यवस्थापन तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

उक्त अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज रोपिएका प्रत्येक बिरुवाले भविष्यका पुस्तालाई स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे।

उनले सिटिजन्स बैंकले वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको महत्वपूर्ण अंगका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै वातावरण संरक्षण, समुदाय विकास र दिगो भविष्य निर्माणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

बैंकले यसअघि पनि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयलाई सहयोग लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

बैंकिङ नवप्रवर्तनका क्षेत्रमा समेत अग्रणी रहेको सिटिजन्स बैंकले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरिसकेको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।

साथै, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरहरूका लागि विशेष ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको छ।

त्यसैगरी, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सीआरएन नम्बर सेवा प्राप्त गर्न सकिने सुविधा, साथै अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा पनि बैंकले सुरु गरेको छ।

हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख २८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

IME Lifesidebar
kumari