stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

काठमाडौं उपत्यकाका ९ व्यवसायमा वाणिज्य विभागको छापा, ४ कम्पनी कारबाहीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न व्यवसाय तथा फर्ममाथि अनुगमन गर्दै चार कम्पनीलाई जरिवाना गरेको छ भने पाँच व्यवसायलाई सामान्य निर्देशन दिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न व्यवसायमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लङ्घन तथा कानुनी प्रावधान पालना नगरेको पाइएपछि सम्बन्धित व्यवसायलाई कारबाही गरिएको विभागले जनाएको छ।

विभागका अनुसार ललितपुर महानगरपालिका–१, धोबीघाटस्थित टाउन ब्वाइज एण्ड गर्ल्स होस्टेलले उपभोक्ता संरक्षण ऐनअनुसार आवश्यक प्रावधान पूरा नगरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ। त्यस्तै, ललितपुर–१३, जावलाखेलस्थित ब्ल्यू फक्स रेस्टुरेन्टलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

यस्तै, काठमाडौं महानगरपालिका–६, बौद्धस्थित शाम्भाला होम प्रालिलाई १० हजार रुपैयाँ तथा कोल्ड एण्ड हट स्पाइसी नुडल्सलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा केही व्यवसायमा सुधार गर्नुपर्ने पक्ष देखिएकाले सामान्य निर्देशनसमेत जारी गरिएको छ। विभागका अनुसार ललितपुर–१५, सातदोबाटोस्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर, भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित फिटकोर मस्कलाइन, काठमाडौं–१६, बनस्थलीस्थित बीएण्डबी इन्टरनेशनल ट्रेडिङ प्रालि, काठमाडौं–१७, डल्लुस्थित ताम्राकार ट्रेडर्स प्रालि तथा ललितपुर–१, कुपण्डोलस्थित आरएस स्टार ट्रेडर्स प्रालिलाई सामान्य निर्देशन दिइएको छ

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न व्यवसाय तथा फर्ममाथि अनुगमन गर्दै चार कम्पनीलाई जरिवाना गरेको छ भने पाँच व्यवसायलाई सामान्य निर्देशन दिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न व्यवसायमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लङ्घन तथा कानुनी प्रावधान पालना नगरेको पाइएपछि सम्बन्धित व्यवसायलाई कारबाही गरिएको विभागले जनाएको छ।

विभागका अनुसार ललितपुर महानगरपालिका–१, धोबीघाटस्थित टाउन ब्वाइज एण्ड गर्ल्स होस्टेलले उपभोक्ता संरक्षण ऐनअनुसार आवश्यक प्रावधान पूरा नगरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ। त्यस्तै, ललितपुर–१३, जावलाखेलस्थित ब्ल्यू फक्स रेस्टुरेन्टलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

यस्तै, काठमाडौं महानगरपालिका–६, बौद्धस्थित शाम्भाला होम प्रालिलाई १० हजार रुपैयाँ तथा कोल्ड एण्ड हट स्पाइसी नुडल्सलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा केही व्यवसायमा सुधार गर्नुपर्ने पक्ष देखिएकाले सामान्य निर्देशन समेत जारी गरिएको छ। विभागका अनुसार ललितपुर–१५, सातदोबाटोस्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर, भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित फिटकोर मस्कलाइन, काठमाडौं–१६, बनस्थलीस्थित बीएण्डबी इन्टरनेशनल ट्रेडिङ प्रालि, काठमाडौं–१७, डल्लुस्थित ताम्राकार ट्रेडर्स प्रालि तथा ललितपुर–१, कुपण्डोलस्थित आरएस स्टार ट्रेडर्स प्रालिलाई सामान्य निर्देशन दिइएको छ।

prabhu mahalaxmi
kumari