stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कालिन्चोक हाइड्रोपावरको शेयर सोमबारबाट कारोबारमा आउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कालिन्चोक हाइड्रोपावरको शेयर आउँदो सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ। कालिन्चोक हाइड्रोपावरको आइपीओ आज शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोही व्यवस्थाबमोजिम यो कम्पनीको शेयर आउँदो सोमबारबाट कारोबारमा आउने भएको हो। सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिएको छ।

नेप्सेमा कालिन्चोक हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल ५५ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १३ लाख ७५ हजार कित्ता (२५ प्रतिशत) र संस्थापकको ४१ लाख २५ हजार कित्ता (७५ प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले कालिन्चोक हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘केएचपीएल’ पाएको छ।

सोमबार स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

कालिन्चोक हाइड्रोपावरले गत वर्ष चैत २२ गतेदेखि चैत २५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने वैशाख ७ गते गरिएको थियो।

prabhu mahalaxmi
kumari