citizens life insurance long ad

आइएमई लाइफ इन्स्योरेन्सको आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक

जीवन बीमाकोष १७ अर्ब नजिक

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार गत आवको तुलनामा चालू आवमा नाफा सहितका अधिकांश सूचकमा वृद्धि भएको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा सामान्य वृद्धि सहित ३६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ६० करोड ३५ लाख रुपैयाँबाट ३९.१८ प्रतिशतले बढेर ५ अर्ब १ करोड ५१ लाख रुपैयाँ नाघेको छ भने जीवन बीमाकोष ११ अर्ब ८४ करोड ३४ लाख रुपैयाँबाट ४२ प्रतिशतले वृद्धि भई १६ अर्ब ८३ करोड १० लाख रुपैयाँ नाघेको छ।

यता कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँबाट करीब २८ प्रतिशतले बढेर ६ अर्ब १७ करोड ८५ लाख रुपैयाँ पुग्दा कुल खर्च ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँबाट ३० प्रतिशतले बढेर ५ अर्ब ८१ करोड ६ लाख रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्म कम्पनीले आफ्ना अभिकर्ताहरूलाई ४३ करोड ६४ लाख रुपैयाँ कमिशन खुवाएको छ जुन अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा झण्डै ३० प्रतिशत बढी हो। प्रतिशेयर आम्दानी ४ पैसाले बढेर ९.८१ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३१.४९ रुपैयाँ रहेको छ। सोल्भेन्सी अनुपात २.५९ प्रतिशत छ।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २९ करोड ९५ लाख रुपैयाँ, जगेडा कोषमा ५२ करोड ८ लाख रुपैयाँ र शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ रहेको छ।

चैत मसान्तसम्म आइपुग्दा २० अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको कम्पनीको सम्पत्तिको कुल मूल्य २४ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ।

IME Lifesidebar
kumari