stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उद्योग वाणिज्य महासंघ निर्वाचन: उपाध्यक्षसहित पाँच जनाले फिर्ता लिए उम्मेदवारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि जारी निर्वाचन प्रक्रिया अनुसार आज उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिका अनुसार विभिन्न कलष्टरका पाँच जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्ला/नगर उपाध्यक्ष पदका उम्मेदवार सञ्जिव बहादुर कोईराला, एसोसिएट्स सदस्य पदका उममेदवार अनुपम राठी, वस्तुगत सदस्य पदका उम्मेदवार प्रह्लाद दाहाल, सुदूरपश्चिम प्रदेश सदस्य पदका उममेदवार शंकर बहादुर बोगटी र कर्णाली प्रदेश सदस्य पदका उम्मेदवार शान्ति प्रसाद शर्माले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।

उनका अनुसार आज बिहान ११ देखि दिउँसो ३ बजेसम्म मनोनयन फिर्ता लिने समय दिइएको थियो । सो अवधिमा पाँच जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

सो पश्चात समितिले आजै उम्मेदवारहरूको अन्तिम नामावली पनि प्रकाशित गरेको छ ।

prabhu mahalaxmi
kumari