stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घट्यो सिटिजन्स बैंकको रेटिङ, त्रिपल बि प्लसबाट त्रिपल बि कायम

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । इक्रा नेपालले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको रेटिङ घटाएको छ। बैंकको समग्र वित्तीय दायित्व पूरा गर्ने क्षमताबारे गरिएको पछिल्लो मूल्याङ्कनपछि यस्तो निर्णय सार्वजनिक गरिएको हो।

इक्रा नेपालका अनुसार सिटिजन्स बैंकको जारीकर्ता रेटिङलाई त्रिपल बि प्लसबाट घटाएर त्रिपल बि कायम गरिएको छ। त्रिपल बि स्तरको रेटिङ भएका संस्थालाई वित्तीय दायित्व समयमै पूरा गर्ने सन्दर्भमा मध्यम स्तरको सुरक्षित मानिन्छ तर त्यहाँ मध्यम मात्राको कर्जा जोखिम रहने उल्लेख गरिएको छ।

यसअघि बैंकलाई त्रिपल बि प्लसको स्तरमा राखिएको भए पनि पछिल्ला वित्तीय सूचक तथा जोखिम मूल्याङ्कनका आधारमा एक तह तल झारिएको हो।

त्यसैगरी बैंकले जारी गरेको सबोर्डिनेटेड डिबेन्चरको रेटिङ पनि घटाइएको छ। १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र जसको परिपक्वता सन् २०३० अप्रिलमा हुने उल्लेख छ त्यसलाई पनि त्रिपल बि प्लसबाट घटाएर त्रिपल बि स्तरमा पुर्‍याइएको छ।

यस्तो ऋणपत्रलाई समयमै भुक्तानी गर्ने क्षमताको दृष्टिले मध्यम सुरक्षित श्रेणीमै राखिए पनि पहिलेको तुलनामा जोखिम पक्ष केही बढेको संकेत मूल्याङ्कनले दिएको छ।

इक्रा नेपालले जारी गरेको मूल्याङ्कन प्रतिवेदनमा बैंकको समग्र वित्तीय अवस्था, पूँजी पर्याप्तता, सम्पत्ति गुणस्तर, नाफा क्षमता तथा बजारमा रहेको प्रतिस्पर्धात्मक स्थिति लगायतका पक्षहरूको विश्लेषण गरिएको जनाइएको छ। सोही विश्लेषणका आधारमा रेटिङमा समायोजन गरिएको हो।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सन् २००७ अप्रिल २० देखि क वर्ग वाणिज्य बैंकका रूपमा आफ्नो औपचारिक बैंकिङ सेवा सञ्चालन सुरु गरेको हो।

बैंकमा नागरिक लगानी कोषको पनि ३.३५ प्रतिशत हिस्सा रहेको उल्लेख छ। सन् २०२६ को मध्य जनवरीसम्मको अवस्थाअनुसार बैंकको संस्थापक र सर्वसाधारण सेयरधनीको अनुपात करिब ५१ः४९ रहेको छ।

सन् २०२६ जनवरी मध्यसम्म बैंकसँग २०० शाखा, ३ एक्सटेन्सन काउन्टर तथा १६८ वटा एटिएम सञ्चालनमा रहेका छन्। बजार हिस्साको हिसाबले हेर्दा बैंकको निक्षेप बजार हिस्सा करिब ३.०२ प्रतिशत रहेको छ भने कुल कर्जा प्रवाहको हिसाबले यसको हिस्सा ३.४१ प्रतिशत रहेको छ।

prabhu mahalaxmi
kumari