stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सभामुखका लागि आज उम्मेदवारी दर्ता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि शुरू हुँदैछ । आइतबार हुने निर्वाचनको सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ११ देखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम छ ।

साढे २ देखि उम्मेदवारको सूची प्रकाशन गरिने छ । दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

एकभन्दा बढी उम्मेदवारी परे चैत २२ गते बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचन प्रक्रिया अघि बढ्ने छ । तर एकभन्दा बढी उम्मेदवारी पर्ने सम्भावना कम छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वर्तमान संसदमा रास्वपाको झण्डै दुई तिहाइ ९१८२ जना० सांसद छन् । त्यसैले अर्याल सभामुख चुनिने निश्चित छ ।

prabhu mahalaxmi
kumari