stcnepal long ad
global ime bank long

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयबाट मात्रै अत्यावश्यक सेवाका सवारी पास वितरण हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । गृह मन्त्रालयले २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयबाट मात्रै अत्यावश्यक सेवाका सवारीमा पास वितरण गर्न निर्देशन दिएको छ ।

सवारी पास वितरण व्यवस्थित गर्ने सम्बन्धी निर्णय २४ घन्टा नबित्दै संशोधन गर्दै गृहले यस्तो जनाएको हो । कोरोना भाइरसको जोखिम बढेको भन्दै बुधबार देशभर सवारी पास वितरणसम्बन्धी कार्य बन्द गर्न निर्देशन दिएको थियो ।

एम्बुलेन्स, सरकारी कर्मचारी लगायतको समेत आवागमन असर पुगेपछि बुधबारको निर्णय सच्याउँदै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट अत्यावश्यक सवारी साधनलाई पास दिने व्यवस्था गर्न निर्देशन दिइएको गृहले बिहीबार जारी विज्ञप्ति जनाईएको छ ।

गृहले अनुमतिबिनाका सवारी साधन प्रस्थान विन्दुबाटै अन्तरजिल्ला आवागमनमा रोक्न र अनुमति पाएको सवारीको हकमा पास पछाडि प्रस्थान विन्दुबाट छाप लगाउन निर्देशन दिएको छ ।

IME Lifesidebar
kumari