सात खर्ब १५ करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार
काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्मको अवधिमा सात खर्ब १५ करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरण अनुसार माघ महिनासम्म सो कारोबार भएको हो ।
माघ महिनासम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले ९८ लाख कारोबार मार्फत रु।७५ अर्ब ६० करोड बराबरको कारोबार गरेका छन् त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत ६ करोड ७३ लाख कारोबार मार्फत ५ खर्ब ५८ अर्ब ५० करोड कारोबार भएको छ ।
क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड ६२ लाख कारोबार मार्फत १ खर्ब २५ अर्ब २१ करोड कारोबार भएको छ ।

























