सिसिएमसि यस्ताे बनाउने हाे कि ?
नेपाली जनताले आधा शताब्दीको विचमा निरंकुश राजतन्त्र , प्रजातन्त्र, गणतन्त्र,संघियता र धर्म निरपेक्षताका सबै सरकारसँग भाेगे ,देखे ।
आम नेपाली जनताकाे आर्थिक जिवनस्तर उकास्न कुनै सरकारले पनि उल्लेख्य काम गरेकाे पाइएन,देखिएन । तसर्थ याे आर्थिक सञ्जाल मार्फतआफ्ना केही सुझाव र अनुभव प्रेसित गरेकाे छु ।
काेराेना महामारी नियन्त्रण र उपचार गर्न नेपाल सरकारले सग्दाे गरिरहेकाेमा आभार पनि प्रकट गर्दछु । यस्ताे विपदकाे बेलामा
१) नेपाल सरकारकाे सचिवकाे नेतृत्वमा सहसचिव , नेपाली सेनाका उपरथी ,नेपाल प्रहरीका एआईजि , सशस्त्र प्रहरीका एआईजि, स्वास्थ्य मन्त्रालयका सहसचिव,उपसचिव स्तरका विज्ञ चिकित्सक तीन जना, गृह मन्त्रालयका सहसचिव र उपसचिव स्तरका, अर्थ मन्त्रालयका सहसचिव स्तरका र सबै ठुला पार्टीबाट १/१ जना रहेकाे केन्द्रीय काेभिड १९ राेकथाम तथा नियन्त्रण सेल गठन गर्ने ।
२) उक्त सेललाई अधिकार प्रत्यायाेजन गरेर काम गर्न आवश्यक कम्प्युटर, लेखा, अभिलेख, याेजना तयार गर्न आवश्यक जनशक्ति,वजेट समेत दिएर प्रदेश र पालिका सम्मकाे च्यानल तयार गरि क्वारेन्टाईन, आईसनेलेसन, ट्रेसिङ्ग र उपचार समेतकाे सेवाकाे व्यवस्थाका साथै बढेकाे ठाउँमा लकडाउन,निषेधाज्ञा,सिल र नभएकाे ठाउँमा खुल्ला गर्दै जनजिवन र अर्थतन्त्र समेत चलायमान बनाउन सकिन्छ ।
३) याे व्यवस्था भ्याक्सिन नवने सम्मका लागि गर्नु पर्ने हुन्छ ।
४) उक्त सेलले आवश्यक परेका बखत कुनै पनि वेला सम्वन्धित मन्त्री र हप्ताकाे एकपटक सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रगति विवरण व्रिफिङ्ग गर्नुका साथै जनतालाई सूचना प्रवाह गरि रहनु पर्ने छ।
५) अत्यावश्यक औषधी र उपकरणका लागि खास सिलिङ्ग भित्र खर्च गर्ने अधिकार पनि सेललाई उपलव्ध गराउनु पर्दछ । नेपाल सरकारले यसलाई अझ परिस्कृत र परिमार्जित सेलकाे गठन गरेमा नेपाली जनतालाई काराेना कहरवाट छिट्टै मुक्त गर्न सकिनेछ ।























