stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । चितवनका १६ जनासहित २१ जनामा कोरोना भाइरस (कोभिड(१९)संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका १६, बाराका १, बैतडीका १, तनहुँका २ र रौतहटका एक जनामा कोरोना भारस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो ।

चितवन बाहिरका संक्रमित तनहुँ बाहेकका सबै चितवनकै विभिन्न अस्पतालमा उपचाररत छन् । चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका, भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सीटी हस्पिटलबाट गरिएको स्वाब परीक्षणमा ७ जना पुरुष र ५ जना महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरु भरतपुर वडा नं. १, ३, ४, ८, १० र ११ नम्बर वडाका ६ वर्षीय बालकदेखि ५० वर्ष उमेर समूहका छन् । यस्तै राप्ती नगरपालिका–६ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेका २२ देखि ३० वर्ष उमेरका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै जिल्लाको एक मात्रै शून्य संक्रमित रहेको इच्छाकामना गाउँपालिकाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मौलाकालिका अस्पतालमा उपचाररत इच्छाकामना–५ की ७८ वर्षीया वृद्धमा संक्रमण पुष्टि भएको हो ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत सिमरा–९ बाराका ४५ वर्षीय पुरुष, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका दिलासैनी–३ बैतडीका ४० वर्षीय पुरुष र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी रौतहटकी ८ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति अबेरसम्म ३१० नमुना परीक्षण गरिएको थियो ।

kumari bank
kumari
nawakantipur long