stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर्ने सेञ्चुरी प्रकाउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले साउन २५ गते अन्दाजी ३ वजेको समयमा काठमाडौ चन्द्रागिरि न.पा ६ थानकोट चेकपोष्ट स्थितबाट महिलालाई विवाह गर्छु भनि ललाई फकाई गरी डेरा कोठामा लगि जबरजस्ती करणी गरी निजहरुको साथमा रहेको धनमाल ठगी गरी फरार हुने जिल्ला धादिङ साबिक कुम्पुर गा.बि.स वडा नं. ३ हाल ऐ.ऐ सिद्धलेख गा.पा ७ घर भई का.जि चन्द्रागिरि न.पा ६ बस्ने बर्ष ३० को राजन बिश्वकर्मा भन्ने राजन सेन्चुरीलाई पक्राउ गरेको छ ।
निज राजन विश्वकर्मा भन्ने राज सेन्चुरीले परिवर्तित नाम थानकोट “ख” (२०७७।०७८) लाई केही महिना अगाडि फोन गरी आफ्नो नाम राजन श्रेष्ठ भनि बताइ भेटघाट गर्न बोलाएको र भेटघाट भएको देखिन्छ । भेटघाटमा निज राजन विश्वकर्माले आफु अविवाहित पुरुष भएको र निज महिलासँग विवाह गर्ने प्रस्ताव राखेको, र निज महिलाले उक्त प्रस्तावलाई स्विकार गरी प्रेम विवाह गरी निजहरू गत साउन १६ गते देखि २१ गतेसम्म चेकपोष्टस्थित एक घरमा डेराकोठा राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
साउन २२ गते विहान ५ बजेको समयमा व्युझदा निज राजन विश्वकर्मा भन्ने राजन सेन्चुरीलाई उक्त कोठामा नदेखि खोजविन गर्दा दराजमा राखेको दुई लाख र १ तोला बराबरको सुनको सिक्री तथा १ तोला बराबरको सुनको रिङ, मोवाईल थान १ राखेको स्थानमा नभएपछि तथा निज सम्पर्क विहिन भएपछि आफुमाथि विवाहको वहानामा पटक पटक जवर्जस्ती करणी भएको तथा ठगिएको महसुस गरी निज महिला महानगरीय प्रहरी वृत्त थानकोटको सम्पर्कमा आए पश्चात प्रहरीले घटनाको गाम्भिर्यता वुझी सुक्ष्म रूपमा अनुसन्धान थालेको हो ।
हाल निज राजन विश्वकर्मा भन्ने राजन सेन्चुरी उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम जवर्जस्ती करणी तथा ठगि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long