समृद्धि फाइनान्सले २४ औं वार्षिकोत्सव मनायो
काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । कात्तिक २५ गते आयोजित वार्षिकोत्सव कार्यक्रममा फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहकको सहभागिता थियो ।
यस अवसरमा फाइनान्सका सबै शाखाका कर्मचारी र बचतकर्ताको उपस्थितिमा केक काटेर खुसियाली मनाइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आर।टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निस्शुल्क प्रदान गरिरहेको छ ।
समृद्धि फाइनान्स र पोखरा फाइनान्स एकअर्कामा गाभिने प्रक्रियामा रहेका छन्।





























