stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

माछापुच्छ्रे बैंकले आर्थिक वर्षको तीन महिनाको अवधिमा ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमायो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।

यद्यपि बैंकले अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कमाएको खुद नाफा ५० करोड ३२ लाख रुपैयाँको तुलनामा यस वर्ष १६.९५ प्रतिशतले घटेको हो। बैंकको सञ्चालन नाफा घट्दा र खराब कर्जामा वृद्धि आउँदा नाफा प्रभावित हुन पुगेको हो।

बैंकको सञ्चालन नाफा ९९ करोड ९८ लाख रुपैयाँबाट ४०.१५ प्रतिशतको गिरावट सहित ५९ करोड ८४ लाख रुपैयाँमा झरेको छ। यता खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.१३ प्रतिशत कायम भएको छ।

त्यसैगरी बैंकको खुद ब्याज आम्दानीमा पनि सामान्य गिरावट आएको वित्तीय विवरणमा देखिएको छ। बैंकले गत आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ४८ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष १.६० प्रतिशतले घटेर १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँमा झरेको छ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १६.६६ रुपैयाँबाट घटेर १३.८३ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५४.६० रुपैयाँ कायम भएको छ। बैंकले १ खर्ब ४८ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेर १ खर्ब ९३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ६ करोड ५६ लाख रुपैयाँबाट घटेर ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक भएको छ।

चुक्ता पूँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको यस बैंकको शेयर प्रिमियम ३ करोड रुपैयाँ र रिजर्भ कोषमा ६ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ सञ्चिति छ भने जगेडा कोषमा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक छ।

prabhu mahalaxmi
kumari bank
kumari