stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

राष्ट्रिय वाणिज्य बैङ्कले तीन अर्बको डिबेन्चर निष्कासन गर्दै 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘छ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ को निष्कासन गर्ने भएको छ ।

बैङ्कले एक हजार रुपियाँ अङ्कित दरको ३० लाख कित्ताले हुन आउने सो रकम बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा सो सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा रावा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभयो ।

सम्झौतामा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैङ्कले तीन अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

जसको ६० प्रतिशत अर्थात् १८ लाख कित्ताले हुन आउने एक अर्ब ८० करोड रुपियाँ बराबरको रकम संस्थागत तथा व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने एक अर्ब २० करोड रुपियाँ बराबरको रकम सर्वसाधारणका लागि निष्कासन गरिने बैङ्कले जनाएको छ । ऋणपत्रको वार्षिक ब्याजदर छ प्रतिशत र अवधि सात वर्षको रहने सम्झौतापत्रमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari bank
kumari