stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुलमानले भने– बक्यौता उठाउने निर्णयबाट पछि हट्दिनँ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले विद्युत बक्यौता उठाउने निर्णयबाट आफू पछि नहट्ने बताएका छन् । उनले शनिबार फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो अडान प्रष्ट पारेका हुन्।

“यदि बक्यौता नतिर्ने चलन बस्यो भने भोलि अन्य ग्राहकहरूले पनि तिर्न छोडे भने कसले जिम्मा लिने ?” उनले प्रश्न गरेका छन्, “गलत नजिर बसाल्ने हो भने भोलि कर नतिर्ने संस्कार पनि फैलिन सक्छ ।

त्यसपछि राज्य कसरी चल्ने रु” सञ्चारमाध्यम, सामाजिक सञ्जाल र श्रमिकहरूमार्फत बक्यौता नतिर्ने केही ग्राहकको समर्थनमा भावनात्मक दबाब सिर्जना गर्ने प्रयास भइहेको घिसिङले बताएका छन् ।

मन्त्री घिसिङले आफ्नो जिम्मेवारी पूरा गर्न, कानुनको सम्मान गर्न र देशको हितमा इमानदार बन्न आग्रह गरेका छन् । आम नागरिक लोडसेडिङको पीडामा रहेको समय केही ठूला उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर विद्युत आपूर्ति पाएको उनले स्मरण गराएका छन् । “तर, आजसम्म पनि उनीहरूले त्यसबापतको प्रिमियम महसुल बुझाएका छैनन् ।

नियमित बिल तिरे पनि प्रिमियम महसुलको बक्यौता तिर्न नमान्दा नेपाल विद्युत प्राधिकरणले कानुनबमोजिम लाइन काट्न बाध्य भएको हो,” उनले भनेका छन्, “यो निर्णय नयाँ होइन, विगतमा चार पटकसम्म बक्यौता असुली गर्ने प्रयास हुँदा पनि राजनीतिक तहबाटअवरोध र हस्तक्षेप भयो ।”

प्राधिकरणलाई आफ्नो बक्यौता उठाउने अधिकार प्रयोग गर्न नदिइएको पनि उनले प्रष्ट पारेका छन् । “२०८१ साल चैत ११ गते मैले कार्यकारी निर्देशकको हैसियतमा विनियमावलीअनुसार बक्यौता उठाउन विद्युत नियमन आयोगमा पत्राचार गरेको थिएँ।

त्यसै दिन मलाई पदबाट हटाइयो । बक्यौता असुली गर्ने मेरो इमानदार प्रयास नै पद गुमाउने कारण बन्यो,” उनले भनेका छन्।

प्राधिकरणले दिएको किस्ता सुविधा प्रयोग गरेर बक्यौता रकम बुझाउन सबै उद्योगी–व्यवसायीलाई मन्त्री घिसिङले आग्रह गरेका छन् । उनले अन्याय भएको महसुस भए न्यायिक निकायमार्फत आफ्नो हक खोज्न पनि चुनौती दिएका छन् ।

“म मेरो जिम्मेवारीबाट कहिल्यै पछि हट्दिन । जेनजी पुस्ताले दिएको भ्रष्टाचार नियन्त्रण र सुशासनको जनादेश दृढताका साथ पूरा गर्नेछु।

यो व्यक्तिगत अहंकारको विषय होइन, यो कानुनको पालना, संस्थाको प्रतिष्ठा र देशको शुद्धताको लागि गरिएको इमानदार प्रयास हो,” उनले भनेका छन्।

prabhu mahalaxmi
kumari