stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज विजया दशमीः उत्तम साइत बिहान ११ः५३ बजे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज असोज १६ गते बडा दशैँ २०८२ हो । आज दसैँको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ। विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ।

बडादसैँको घटस्थापना असोज ६ गते परेको छ। यो दिन बिहान ९ः१३ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ।

समितिले प्रकाशन गरेको सूचना अनुसार असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झन्डा फेर्ने साइत रहेको छ भने असोज ११ गते श्रीपचलीभैरव यात्रा हुनेछ।

असोज १३ गते फूलपातीका दिन श्री तुलजा भवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे उत्तम साइत रहेको छ।

prabhu mahalaxmi
kumari