stcnepal long ad
ime life insurance
national life
global ime bank long

पुँजी बजार विकासका लागि कार्यदल गठन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अर्थ मन्त्रालयले पूँजी बजारको विकासका लागि कार्यदल गठन गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले ४ सदस्यीय कार्यदल गठन गरेका हुन्।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिएका छन्।

उनका अनुसार पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना कार्यदलले ५ दिनभित्र प्रस्तुत गर्नेछ ।

कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कामु कार्यकारी निर्देशक निरन्जन फुयाँल रहेका छन्। कार्यदलको सदस्य सचिवमा अर्थ मन्त्रालयका शरद निरौला रहेका छन्।

IME Lifesidebar
kumari