citizens life insurance long ad
stcnepal long ad

असोज १ गतेदेखि मोबाइलमाण्डुको दशैं ग्याजेट्स मेला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मोबाइलमाण्डुले दशैंको अवसरमा ‘दशैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ । असोज १ बुधबारदेखि असोज १० गतेसम्म सञ्चालन हुने यो विशेष क्याम्पेनमा उपभोक्ताले ६० प्रतिशतसम्म छुट, कम्बो अफर, प्रि–बुकिङ सुविधा तथा रोचक उपहारहरू प्राप्त गर्नेछन् ।

मोबाइलमाण्डुले यस मेलामा ट्याबलेट, ल्यापटप, स्मार्टवाच, इयरबड्सदेखि लिएर विभिन्न होम एप्लायन्ससम्म उपलब्ध गराउने जनाएको छ । यसअन्तर्गत नयाँ उत्पादनहरूको विशेष लन्च पनि हुनेछ ।

ब्ल्याक शार्कको नयाँ गेमिङ इयरबड ‘Rokas’ पहिलो तीन ग्राहकले मात्र ९९ रुपैयाँमै पाउनेछन् भने ‘Chuwi Hi10X Pro’ट्याबलेट पहिलो ग्राहकले ९९९ रुपैयाँमै पाउने अवसर पाउनेछन् ।

कम्पनीले असोज १० सम्म ‘दशैं गिभअवे’ कार्यक्रम मार्फत तीन विजेतालाई करिब २० हजार रुपैयाँ बराबरका उत्पादनहरू उपहारस्वरूप दिनेछ । साथै, २५०० रुपैयाँभन्दा माथिको खरिदमा निस्शुल्क डेलिभरीको सुविधा, मोबाईल र एप्लायन्समा सजिलो ईएमआई सुविधा र वेबसाइटमार्फत खरिदमा विशेष उपहार उपलब्ध गराइनेछ ।

मोबाइलमाण्डुका अनुसार उपभोक्ताले यो दशैं आफ्नो जीवनशैलीमा नयाँ ग्याजेट थप्दै परिवार र आफन्तलाई उपहार दिन सक्नेछन् । कम्पनीले आफ्ना अफर र गिभअवे अपडेटका लागि आधिकारिक वेबसाइटmobilemandu.com तथा फेसबुक, इन्स्टाग्राम र टिकटोक पेज मार्फत नियमित जानकारी लिन आग्रह गरेको छ ।

IME Life
kumari