stcnepal long ad
nabil bank
macchha(MBL)

नेपाल टेलिकमले हुम्ला जिल्लाको सर्केगाड तथा चंखेली गाउँपालिकामा 2G र 4G सेवा सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–१ मा 2G र 4G सेवा यही मिति २०८२ भाद्र २५ गतेबाट सञ्चालनमा ल्याएको छ ।

4G सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू गुणस्तरीय द्धन् सेवाबाट लाभान्वित भएका छन्।

हुम्ला जिल्लाकै चंखेली गाउँपालिका–६ मा पनि नेपाल टेलिकमले यही भाद्र २७ गते बाट 2G र 4G सेवा सञ्चालनमा ल्याएको छ ।

4G सेवा सञ्चालनमा आए पश्चात् चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय 4G सेवाबाट लाभान्वित भएका छन् ।

नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ।

prabhu mahalaxmi
kumari