stcnepal long ad
ime life insurance
global ime bank long

गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

कास्की । गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतलाई उपलब्ध गराइएका ४ थान टाटा पिकअप भ्यान र २८ थान विभिन्न कम्पनीका मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याललाई उक्त सवारी साधनहरू आइतबार आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभएको हो ।
प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुस्तदुरुस्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाह गरी आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति गराउने उद्धेश्यले उक्त मोटरसाइकल प्रदान गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

मुख्यमन्त्री गुरुङले शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरुबाट उल्लेखनीय कार्य भइरहेको बताउनुभयो ।

हस्तान्तरण गरिएका सवारी साधनले प्रहरी काम कारवाहीमा थप चुस्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरुको मनोबल समेत बृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्यता रहेको उल्लेख गर्दै प्रहरी ईकाइहरुलाई स्तरबृद्धि गरी साधनस्रोतले मजबुद बनाउन प्रदेश सरकार दृढ रहेको बताउनुभयो ।

प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले धन्यवाद मन्तव्य व्यक्त गर्दै हस्तान्तरित सवारी साधनले गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानका लागि पारदर्शिता, जवाफदेहिता र व्यावसायिकता सहित निष्ठापूर्वक कार्य सम्पादन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव विष्णु प्रसाद नेपाल लगायत पोखरास्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari