stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बेटर नेपाल संस्थालाई ५ लाख रुपैयाँ सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पिंगलास्थान, काठमाडौंमा रहेको बेटर नेपाल संस्थालाई विद्यालय संचालन गर्न ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बेटर नेपालले संचालन गरेको बाल सारथीले अनाथ तथा अति विपन्न वर्गका बालबाकालिकाहरुलाई शिक्षाको अवसर दिलाउँदै आएको छ ।

बुधबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाई ज्यूले बालसारथी संस्था संचालन गर्ने बेटर नेपालकी अध्यक्ष डा. माला खरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो ।

चेक हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरुलाई कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नु भयो । कम्पनीले अति आवश्यक क्षेत्रको पहिचान गरि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग र सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यसैगरी बेटर नेपालकी अध्यक्ष डा. माला खरेलले अनाथ तथा अति विपन्न वर्गका विद्यार्थीहरुको पढाइलाई संस्थाले व्यहोरे पनि सो खर्चको स्रोत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स जस्ता सहयोग संस्थाहरु र मनकारी व्यक्तिहरुको सहयोगले गर्दा नै निरन्तरता दिन सकिएकाले धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समिति सदस्य  सम्झना अर्याल (अस्मिता सुमार्गी), सुसन शेरचन, भावना बलायर, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने, नायब महाप्रबन्धक सोन बहादुर मगर, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे एवं बेटर नेपालका तर्फबाट कमला वली, आत्माराम पाण्डे, लगायतको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari