stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली यही साउनदेखि लागु हुने

अब नियुक्त हुने कर्मचारीले पेन्सन नपाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ . आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु हुने भएको छ ।

अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागु गर्ने व्यवस्था मिलाउन भनेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले भनेको छ ।

हाल कर्मचारी, मजदुर तथा अन्य व्यक्तिहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ र सरकारी कर्मचारीका लागि ‘निवृत्तभरण कोष ऐन, २०७५’ कार्यान्वयनमा छन् ।

जसअनुसार २०७५ सालदेखि योगदानमा आधारित समाजिक सुरक्षा प्रणाली लागु भएको छ । सो अनुसार सरकारी कर्मचारीहरुले मासिक तलबको ६ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने र अवकासपछि सोही कोषबाट निबृत्तिभरण पाउने व्यवस्था रहेको छ ।

prabhu mahalaxmi
kumari